Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुने, १२ अमेरिकी सैनिक आउँदै

काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुने, १२ अमेरिकी सैनिक आउँदै

  • बुधवार, भाद्र २० २०८०

  • 763
    SHARES

  • काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुने, १२ अमेरिकी सैनिक आउँदै
    काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा सञ्चालन हुँदै आएको ‘जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङ’को चालिसौं संस्करण भदौ २४ देखि असोज १२ गतेसम्म हुने भएको छ।
     
    काठमाडौं उपत्यकामा उक्त अभ्यास हुने नेपाली सेनाले जनाएको छ। यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम तय भएको सेनाले जनाएको छ। उक्त विमान शुक्रबार फिर्ता हुनेछ।
     
    नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।
     
    नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य सङ्गठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ। 
     
    यसैबिच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्सर्साइज कम्ब्रेन पेट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार(आज) प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ।


    बुधवार, भाद्र २० २०८००५:०३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij