Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमाले लुम्बिनी प्रदेश अधिवेशन: मतगणना सुरु, आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी

एमाले लुम्बिनी प्रदेश अधिवेशन: मतगणना सुरु, आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी

  • मंगलवार, भाद्र १९ २०८०

  • 465
    SHARES

  • एमाले लुम्बिनी प्रदेश अधिवेशन: मतगणना सुरु, आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी
    काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको  मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो । 
     
    प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।  मंगलबार(आज) बिहान पौने ९ देखी सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको  थियो । कुल एक हजार पाँच मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो । 
     
    उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माले उम्मेदवारी  दिनुभएको छ। उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ।
     
    मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै गणना सकेर रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।
     


    मंगलवार, भाद्र १९ २०८००५:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij