Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप, दुवैतर्फका घाईते

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप, दुवैतर्फका घाईते

  • मंगलवार, भाद्र १९ २०८०

  • 521
    SHARES

  • महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप, दुवैतर्फका घाईते

    काठमाडौं। महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ जिल्लाको सोनमा गाउँपालिकाको कार्यालयमा सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो।

    विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। आज दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेको छ।

    आन्दोलनमा उत्रिएका विद्यार्थिहरुलाई रोक्न खोजेपछी प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको छ ।

    आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिनु भएको छ।

    उहाँकाअनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ।

     


    मंगलवार, भाद्र १९ २०८००४:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij