Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

छिमेकीसँग सम्बन्ध सन्तुलित राख्न सक्नुपर्छ : शेरबहादुर देउवा

छिमेकीसँग सम्बन्ध सन्तुलित राख्न सक्नुपर्छ : शेरबहादुर देउवा

  • मंगलवार, भाद्र १९ २०८०

  • 442
    SHARES

  • छिमेकीसँग सम्बन्ध सन्तुलित राख्न सक्नुपर्छ : शेरबहादुर देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँगको सम्बन्ध सन्तुलित राख्नुपर्ने बताउनु भएको छ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिमेकीसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताउनु भएको हो।कांग्रेस सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताउनु भयो।

    देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताउनुभयो।

    उहाँले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताउनु भयो ।

    उहाँले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो। सभापति देउवाले सरकार र कर्मचारीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताउनु भयो ।

     


    मंगलवार, भाद्र १९ २०८००२:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij