Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोसी सरकारविरुद्ध एमालेको रिटमा आजदेखि प्रतिवादीको बहस हुने

कोसी सरकारविरुद्ध एमालेको रिटमा आजदेखि प्रतिवादीको बहस हुने

  • मंगलवार, भाद्र १९ २०८०

  • 312
    SHARES

  • कोसी सरकारविरुद्ध एमालेको रिटमा आजदेखि प्रतिवादीको बहस हुने

    काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा आजदेखि प्रतिवादीको बहस सुरु हुने भएको छ ।

    निवेदक पक्षको बहस हिजो सकिएपछि आजदेखि प्रतिवादीको बहस सुरु हुने भएको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।

    आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । भोलिसम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।

     


    मंगलवार, भाद्र १९ २०८००७:४१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij