Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डेङ्गु सङ्क्रमित एकजना किशोरीको मृत्यु

डेङ्गु सङ्क्रमित एकजना किशोरीको मृत्यु

  • आइतवार, भाद्र १७ २०८०

  • 1.2K
    SHARES

  • डेङ्गु सङ्क्रमित एकजना किशोरीको मृत्यु

    काठमाडौं। दार्चुलामा डेङ्गु सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ ।

    दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुस्थित राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो ।

    जेलिनालाई केहीदिन पहिले ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु सङ्क्रमण देखिएपछि उपचार गरिएको थियो ।

    घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको थियो । पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको र हिजो उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय मावि दत्तूका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो ।

    केही वर्ष पहिलेसम्म तराईका जिल्लामा देखिने डेङ्गु सङ्क्रमण पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखा पर्न थालेको छ ।


    आइतवार, भाद्र १७ २०८००१:४०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij