Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

संविधान दिवसका अवसरमा ३ दिनसम्म कार्यक्रम हुने

संविधान दिवसका अवसरमा ३ दिनसम्म कार्यक्रम हुने

  • आइतवार, भाद्र १७ २०८०

  • 398
    SHARES

  • संविधान दिवसका अवसरमा ३ दिनसम्म कार्यक्रम हुने

    काठमाडौं। सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभयो।

    असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय गरिएको छ ।

    मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताउनुभयो।

     


    आइतवार, भाद्र १७ २०८००१:२०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij