Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

खस्किएको माओवादी केन्द्र उठ्ने तरखरमा, पुनः ०६४ सालमा कमब्याक गर्न भन्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु(खासखबर)

खस्किएको माओवादी केन्द्र उठ्ने तरखरमा, पुनः ०६४ सालमा कमब्याक गर्न भन्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु(खासखबर)

  • शनिवार, भाद्र १६ २०८०

  • 387
    SHARES

  • खस्किएको माओवादी केन्द्र उठ्ने तरखरमा, पुनः ०६४ सालमा कमब्याक गर्न भन्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु(खासखबर)
    काठमाडौं।नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अर्थात् ०६५ सालयता निरन्तर सत्तामा छ । माओवादी ०६४ सालको निर्वाचनमा सबैभन्दा बढी २२९ सिटसहित पहिलो दल बन्यो । ०६५ मा प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्नुभयो । 
     
    जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये १५ वर्षको अवधिमा दुई नेता चार पटक प्रधानमन्त्रीसमेत बने । त्यसमध्ये प्रचण्ड सर्वाधिक तीन पटक प्रधानमन्त्री बन्नुभयो । गणतन्त्र स्थापना पछि सबैभन्दा धेरै प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो नम्बरमा हुनुहुन्छ तर पार्टीलाई तेस्रो स्थानमा खुम्च्याउनुभएको छ ।
     
    त्यही कुरालाई मध्यनजर गर्दै माओवादीले आफ्नो क्षयीकरण रोक्न र पुनः ०६४ सालमा कमब्याक गर्न भन्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सुरु गरेको छ । उक्त अभियानले पुराना २५ लाख मतदातासँग अन्तरक्रिया गर्ने र पुरानै अवस्थामा माओवादीलाई फर्काउने अपेक्षा उनीहरूले गरेका छन्।
     
    अभियानको उद्घाटन प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७  सय ४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्नुभएको हो । अभियानको उद्घाटन गर्दै प्रचण्डले चुनौतीपूर्ण समयमा यो अभियान शुरु भएको बताउनुभयो ।   
     
    प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट आफ्नो पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने पनि तर्क गर्नुभएको छ । अभियानले पार्टीभित्र नयाँ ऊर्जा सृजना गर्ने र जनतासँगको सम्बन्ध अझै बलियो हुने दाबी प्रचण्डको छ ।  
     
    आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गर्दै प्रचण्डले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको निराशालाई आशामा परिणत गराएको दाबी समेत गर्नुभएको छ ।  सिंगो पार्टी एक ढिक्का भएर अगाडि बढे अगाडि खडा भएका सबै चुनौतीको सामना गर्ने उहाँको भनाई छ ।  
     
    अभियानलाई सफल बनाउन भन्दै माओवादी नेताहरू अहिले तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्य तालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुने जनाइएको छ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन हुने बताइएको छ ।
     
    माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।  
     
    अभियानमा सरकारको प्रचार र भिन्न प्रकृतिका काम गर्ने सापकोटाको भनाई छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको पनि उहाँ बताउनुहुन्छ ।  
     
    माओवादी केन्द्र ०६४ सालमा निर्वाचनबाट पाएको शक्ति फेरि फर्काउने कसरतमा छ । पार्टी अध्यक्ष स्वयंले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पूर्वमाओवादीहरू एक कित्तामा उभिनुपर्ने बताउने गर्नुभएको छ ।
     
    त्यहीबमोजिम उहाँले समाजवादी मोर्चामार्फत नेत्रविक्रम चन्दलगायतका नेताहरूलाई पार्टीमा भित्र्याउने तयारी गर्नुभएको छ । त्यसपछि प्रचण्डले ०६४ मा गुमाएको शक्ति फिर्ता ल्याउन बाहिरिएका नेताहरूलाई भित्र्याउने तरखर गरिरहनु भएको छ । 


    शनिवार, भाद्र १६ २०८००८:०८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij