काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको विचार सिद्धान्तबारे जानकारहरुबाट थप प्रशिक्षण गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ। नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बोल्दै नेता सिंहले यस्तो बताउनु भएको हो।
पार्टीविरूद्दको अनर्गल प्रचारको खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गर्नुभएको छ ।उहाँले क्षेत्रीय सम्मेलनको मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहको भन्दै उहाँले कार्यकर्ताहरु, पदमा रहेकाले अधिकार मात्र होइन जिम्मेवारीबोध पनि गर्नुपर्नेमा जोड दिनुभयो ।