काठमाडौं। प्रधानमन्त्री एवं नेकपा मादोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ।माओवादी केन्द्रले आजदेखि सुरु गरेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको पार्टी कार्यालय पेरिस डाँडामा उद्घाटन गर्दै उहाँले उहाँले विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गर्नु भएको हो ।
उहाँले अहिले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको र छिट्टै त्यसको अन्त्य गर्दै पुनः पहिलो पार्टी बन्ने बताउनुभयो। संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्वपूर्ण हुने अध्यक्ष प्रचण्डको विश्वास छ। माओवादीले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ।
गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो ।