Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

इतिहासले सम्झिनेगरी शाहसिक कामहरु सुरु गरेको छु : प्रधानमन्त्री प्रचण्ड

इतिहासले सम्झिनेगरी शाहसिक कामहरु सुरु गरेको छु : प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, भाद्र १६ २०८०

  • 467
    SHARES

  • इतिहासले सम्झिनेगरी शाहसिक कामहरु सुरु गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारले इतिहासमै नभएका काम सुरु गरेको बताउनु भएको छ। आज पार्टी केन्द्रिय कार्यालयबाट ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै उहाँले आफू नेतृत्वको बर्तमान सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गर्नुभयो।

    उहाँले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गर्नुभयो। प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताउनु भयो।

    उहाँले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशिल हुने बताउनु भयो ।उहाँले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गर्नुभएको हो ।


    शनिवार, भाद्र १६ २०८००३:२२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij