Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

चीनको नक्सामा नेपालको चुच्चे नक्सा गायब, सरकार मौन, कुटनीतिक पहल चाल्नुपर्ने माग (खासखबर)

चीनको नक्सामा नेपालको चुच्चे नक्सा गायब, सरकार मौन, कुटनीतिक पहल चाल्नुपर्ने माग (खासखबर)

  • शुक्रवार, भाद्र १५ २०८०

  • 561
    SHARES

  • चीनको नक्सामा नेपालको चुच्चे नक्सा गायब, सरकार मौन, कुटनीतिक पहल चाल्नुपर्ने माग (खासखबर)

    काठमाडौं।चीनको प्राकृतिक स्रोत मन्त्रालयले भदौ ११ गते आफ्नो नक्सामा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, भुटानलगायतका भुभाग समेटेपछि चौतर्फी विरोध भइरहेको छ। भारत, बंगलादेशले आफ्नो तर्फबाट विरोध जनाइसकेका छन् । नेपाल सरकारले भने यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

    सन् १९०३ मा छिन् वंशको पालामा नेपालको काली नदीलाई समेटेर चीनले नक्सा सार्वजनिक गरेको थियो। क्रमशः आउँदै सन् २०१५ मे १५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई व्यापारिक मार्ग बनाउने सम्झौतामा हस्ताक्षर भयो तर नेपाललाई केही सोधिएन। भारत र चीनले नेपालको भूमिका विषयमा १९५४ देखि एकतर्फी निर्णय गर्दै आएका थिए ।

    २०१५ मे १५ मा पछिल्लोपटक लिपुलेक पास खोल्ने विषयमा दुई देशले सम्झौता गरेपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले अस्वीकार गरेको थियो । चीनले नेपालको पुरानो नक्सा राखेर उसको नयाँ नक्सा जारी गरेको छ । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार चीनले छिमेकी देशहरुसँग निहुँ खोज्ने प्रयत्न गरेको छ। आफ्नै भूमिलाई मात्रै समेट्नुपर्ने ठाउँमा अरु देशको भुभाग चलाउनुलाई सही मान्न सकिँदैन ।

    प्रधानमन्त्रीको चीन भ्रमणको समय एक महिना पनि बाँकी नरहेका वेला चिनियाँ पक्षले नयाँ नक्सा जारी गरेको छ । मओवादी केन्द्रका सचिवले नेपालको भुभाग लिपु भञ्ज्याङभन्दा पश्चिम लिम्पियाधुरासम्म भएकोले यसलाई कुटनीतिक रुपमा समाधान गरिने बताउनुभएको छ ।

    चीन सम्बन्धि जानकार डिबी सुनारले कुनै पनि मुलुक आकारमा सानो भएपनि उसको राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता कहिल्यै सानो नहुने भन्दै सरकारको धारणा सार्वजनिक हुनुपर्ने माग गर्नुभएको छ। एकतर्फी रुपमा कुनैपनि देशको हस्तक्षेप नेपालले सहन गर्न नसक्ने उहाँको भनाइ छ ।

    नेकपा एमालेका नेता विशाल भट्टराईले चीनको यो कदमले नेपालमाथि प्रहार भएको दाबी गर्नुभएको छ। अहिलेको सरकारलाई सद्बुद्धी आउनुपर्ने भन्दै उहाँले राष्ट्रियताको पक्षमा उभिन आग्रह गर्नुभयो । चीनले सन् १९०३ मा जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा आत्मसात् गरेको छ । तर, चीनले सन् १९५४ र २०१५ मा पुरानो नक्सालाई छाडेर लिपुलेक पाससम्बन्धी भारतसँग एकतर्फी सम्झौता गरेको थियो ।

    सन् १९५४ अप्रिल २९ मा भारत र चीनबीच कैलाश मानसरोवरका लागि लिपुलेक पासबाट आवतजावत गर्ने सहमति भएको थियो । आदिमकालदेखि स्वतन्त्र रहेको मुलुक नेपालमाथि कुनैपनि राष्ट्रले गलत नियतले हेर्ने चेष्टा गर्छ भने हाम्रो कुटनीति बलियो हुन जरुरी छ ।


    शुक्रवार, भाद्र १५ २०८००८:०३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij