Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भारतले नेपालबाहेकका देशमा हटायो चामल निर्यातको प्रतिबन्ध

भारतले नेपालबाहेकका देशमा हटायो चामल निर्यातको प्रतिबन्ध

  • बिहिवार, भाद्र १४ २०८०

  • 1.4K
    SHARES

  • भारतले नेपालबाहेकका देशमा हटायो चामल निर्यातको प्रतिबन्ध

    काठमाडौं। चामल निर्यातको लगाएको प्रतिबन्ध भारतले तीन देशका लागि फुकुवा गरेको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले ती देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ।

    भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो। भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ। भारतले सरकारी तवरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो।

    भारतले गत २० जुलाईमा चामल निर्यात रोकेको थियो। नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो। तर भारतले नेपालको प्रतिबन्ध फुकुवा गरेन। भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ।

     


    बिहिवार, भाद्र १४ २०८००३:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij