Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जना आकांक्षी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जना आकांक्षी

  • बिहिवार, भाद्र १४ २०८०

  • 480
    SHARES

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जना आकांक्षी

    काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जनाले इच्छा व्यक्त गरेका छन्।आयोगले आज जारी गरेको सुचनामा नयाँ उपाध्यक्ष बन्न वर्तमान उपाध्यक्ष श्रीकृष्ण गिरीसहित ९ जनाले इच्छा देखाएका उल्लेख छ।

    उपाध्यक्ष बन्न आवेदन दिनेहरुमा गिरीसहित, डा.संगीतासिंह भण्डारी, डा.सुमनकुमार श्रेष्ठ, डा.पियुस दाहाल, डा.प्रविण मिश्र, डा.विद्याननिधि पौडेल,डा.प्रमोदकुमार यादव, डा.अन्जनीकुमार झा र डा.मनेनप्रसाद गोर्खालीले आवेदन दिएका छन्।

    जारी सुचनामा आयोगले उम्मेदवारहरुलाइ भदौ १७ र १८ गते अन्तरवार्ता प्रस्तुतिकरणका लागि बेलाएको छ।उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित गरेको छ।


    बिहिवार, भाद्र १४ २०८००२:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij