Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पाल्पा दुर्घटना अपडेटः मृतक तिनै जनाको पहिचान खुल्यो

पाल्पा दुर्घटना अपडेटः मृतक तिनै जनाको पहिचान खुल्यो

  • बुधवार, भाद्र १३ २०८०

  • 882
    SHARES

  • पाल्पा दुर्घटना अपडेटः मृतक तिनै जनाको पहिचान खुल्यो

    काठमाडौं। पाल्पामा आज बिहान भएको सडक दुर्घटनाका ज्यान गुमाएका मृतकहरुको पहिचान खुलेको छ। बिहान तानसेन–तम्घास सडकखण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा एक महिलासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनामा परी ज्यान गुमाउनेमा गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहरा, गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा,कास्कीको जिल्ला पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँ बस्ने ४० वर्षकी शोभा घर्ती,३७ वर्षकी शुस्मा राना, शुस्माको छोरीहरू वर्ष छ की सुबी राना र पाँच महिनाकी सुबिया राना घाइते भएका छन।

    सोहि ठाँउका वर्ष ४५ को टेकबहादुर जिएम, २७ वर्षकी स्वीकृति थापा र स्वीकृतिकी छोरा वर्ष पाँचको सुरेन थापा घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    घाइतेहरू खतरामुक्त रहेका छन्। तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप आज बिहान ढुङ्गासहितको पहिरोले पुरिएको थियो ।


    बुधवार, भाद्र १३ २०८००२:१०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij