Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

  • बुधवार, भाद्र १३ २०८०

  • 519
    SHARES

  • प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ।

    पाकिस्तानमा रहेको नेपाली टीमसँग आज बिहान भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना व्यक्त गर्नुभएको हो। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास पनि व्यक्त गर्नुभयो।

    उहाँले खेल क्षेत्रको विकास र खेलाडीहरूको हीतका निम्ति आफूले सधैँ ध्यान दिएको पनि बताउनुभयो। नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

    भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिष्पर्धामा प्रश्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनु भयो ।


    बुधवार, भाद्र १३ २०८००१:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij