Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

संसदीय समितिका सभापति र सभामुख घिमिरेबीच छलफल सुरु

संसदीय समितिका सभापति र सभामुख घिमिरेबीच छलफल सुरु

  • बुधवार, भाद्र १३ २०८०

  • 376
    SHARES

  • संसदीय समितिका सभापति र सभामुख घिमिरेबीच छलफल सुरु

    काठमाडौं। सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल सुरु गर्नु भएको छ। आज सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल सुरु भएको हो।

    बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ। भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिका सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए ।

    जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह हुनुहुन्छ ।

    यस्तै, अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली कांग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान हुनुहुन्छ ।

    यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह हुनुहुन्छ।

    सभापतिसँगको सभामुखको छलफलमा नेकपा (एकीकृत समाजवादी)का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भने उपस्थित हुनुभएको छैन।

     


    बुधवार, भाद्र १३ २०८००१:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij