Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यसकारण कांग्रेसका विभागले भदौ १५ सम्म पूर्णता नपाउने भए...

यसकारण कांग्रेसका विभागले भदौ १५ सम्म पूर्णता नपाउने भए...

  • मंगलवार, भाद्र १२ २०८०

  • 343
    SHARES

  • यसकारण कांग्रेसका विभागले भदौ १५ सम्म पूर्णता नपाउने भए...

    काठमाडौं। नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन्। १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले कांग्रेसमा रहेका ४८ विभागलाई १५ भदौभित्र पूर्णता दिने निर्णय गरेको थियो।

    बैठकले विभागको संख्या थपेर ७० आसपास पुराउने तयारी भइरहे अन्तिम रुप भने पाउन नसकेको बताइएको छ। शीर्ष तहका एक नेताका अनुसार केही विभागको संयोजक १५ भदौ भित्र तोकिने छ।

    हालसम्म प्रचार विभागको प्रमुखमा मीन विश्वकर्मा मनोनित हुनु भएको छ। उक्त विभागमा ४२ सदस्य थपिएका छन्। विधान अनुसार प्रमुख सहित प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य हुने व्यवस्था छ।

    महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभाग हालसम्म गठन हुन सकेको छैन।१० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौ गठन र पूर्णता दिइसक्ने निर्णय गरेको थियो।

    बैठकले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गत कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने निर्णय गरिएको थियो ।विभाग गठनको अधिकार विधानले पार्टी सभापतिलाई दिएको छ।

     


    मंगलवार, भाद्र १२ २०८००४:०५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij