Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री आफैँले मुलुकमा जातीय हिंसा भड्काए : एमाले

प्रधानमन्त्री आफैँले मुलुकमा जातीय हिंसा भड्काए : एमाले

  • मंगलवार, भाद्र १२ २०८०

  • 296
    SHARES

  • प्रधानमन्त्री आफैँले मुलुकमा जातीय हिंसा भड्काए : एमाले

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले दिएको जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने अभिव्यक्तिप्रति आपक्ति जनाउनु भएको हो

    गिरिले प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान विपरित र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको आरोप लगाउनु भयो। प्रधानमन्त्रीको सो भनाई आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उहाँले सो अभिव्यक्तिप्रति निन्दा र भत्र्सना समेत गर्नुभयो।

    आपसमा मिलेर बसेका नेपाली समुदायलाई भडकाउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोप समेत गिरिले लगाउनु भयो । उहाँले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिरसमेत गर्नुभयो ।

     


    मंगलवार, भाद्र १२ २०८००२:४३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij