काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज ४ गते बस्ने भएको छ। असोज २ गतेका लागि बोलाइएको बैठक दुई दिन पर सर्ने भएको हो।
कांग्रेस स्रोतका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी गरिएको हो। ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्ने भएको छ’, एक केन्द्रिय सदस्यले भने।
कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ। सोहिअनुसार गत साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाउनु भएको थियो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामासमेत प्रत्येक २/२ महिनामा बैठक बस्ने गरी दिन समेत तय गरेर तालिका प्रस्तुत गर्नुभएको थियो