Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कुलमान घिसिङलाई तत्कालै निलम्बन गरेर कारबाही गरौं :प्रेम सुवाल

कुलमान घिसिङलाई तत्कालै निलम्बन गरेर कारबाही गरौं :प्रेम सुवाल

  • मंगलवार, भाद्र १२ २०८०

  • 549
    SHARES

  • कुलमान घिसिङलाई तत्कालै निलम्बन गरेर कारबाही गरौं :प्रेम सुवाल

    काठमाडौं ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्कालै पदबाट निलम्बन गर्न सरकारसँग माग गर्नुभएको छ ।

    आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले बिजुली महशुल असुली गर्न नसकेकाले निर्देशक घिसिङलाई तत्कालै पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्नुृ भएको हो ।

    त्यसैगरी उहाँले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    उहाँले भने, “डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ ।

     


    मंगलवार, भाद्र १२ २०८००२:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij