Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर

  • मंगलवार, भाद्र १२ २०८०

  • 274
    SHARES

  • आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।

    त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 


    मंगलवार, भाद्र १२ २०८००६:५५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij