Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पूँजीगत खर्च किन खुम्चियो ? प्रधानमन्त्री प्रचण्ड

पूँजीगत खर्च किन खुम्चियो ? प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, भाद्र ११ २०८०

  • 353
    SHARES

  • पूँजीगत खर्च किन खुम्चियो ? प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीगत खर्च समग्रमा ६१.५ प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको बताउनु भएको छ।

    आज दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो।

    कुल बजेट बिनियोजनमा पुँजीगत खर्चको अंश त्यसै पनि न्यून रहने र त्यही न्यून बजेट पनि पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने गरेकाले सबैले गम्भीर भएर सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो।

    प्रधानमन्त्रीले समस्याको समाधान निकाल्नेतर्फ लाग्न संघीय मन्त्री र सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो।


    सोमवार, भाद्र ११ २०८००५:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij