Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुनकाण्डको विषयमा समितिमा दरो छलफल गर्छु : रामहरि खतिवडा

सुनकाण्डको विषयमा समितिमा दरो छलफल गर्छु : रामहरि खतिवडा

  • सोमवार, भाद्र ११ २०८०

  • 438
    SHARES

  • सुनकाण्डको विषयमा समितिमा दरो छलफल गर्छु : रामहरि खतिवडा

    काठमाडौं।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताउनु भएको छ।उहाँले समितिमा पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ।

    उहाँले भन्नुभयो,‘यो समिति सरकार विरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन। समिति समितिका रुपमा अगाडि बढ्छ। सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ। आजै प्रधानमन्त्री,गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छरु यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ ।’

    समितिको कार्यक्षेत्रमा सुरक्षा निकायहरु रहेकाले संवेदनशील भएर काम गर्नुपर्ने खतिवडाले धारणा थियो।उहाँले थप्नुभयो,‘वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ।’

     


    सोमवार, भाद्र ११ २०८००४:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij