Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रास्वपाले फिर्ता लियो उद्योग समितिमा दिएको उमेदवारी,जनमतका खान सर्वसम्मत

रास्वपाले फिर्ता लियो उद्योग समितिमा दिएको उमेदवारी,जनमतका खान सर्वसम्मत

  • सोमवार, भाद्र ११ २०८०

  • 1.0K
    SHARES

  • रास्वपाले फिर्ता लियो उद्योग समितिमा दिएको उमेदवारी,जनमतका खान सर्वसम्मत

    काठमाडौं ।राष्ट्रिय स्वतत्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दिएको उमेदवारी फिर्ता लिएको छ।

    सभापतिमा उमेदवारी दिनुभएका रास्वपाका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका अब्दुल खान सर्वसम्मत निर्वाचित हुनु भएको छ।

    सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो।दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा हिजो नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए।

    तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाले आज निर्वाचन गर्नुपर्ने थियो। तर निर्वाचनअघि पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति निर्वाचित हुनुभएको हो।

     


    सोमवार, भाद्र ११ २०८००४:२०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij