Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रभु साहको चेतावनी : गौर घटनाको मुद्दा लिएर हेग जान्छु

प्रभु साहको चेतावनी : गौर घटनाको मुद्दा लिएर हेग जान्छु

  • सोमवार, भाद्र ११ २०८०

  • 695
    SHARES

  • प्रभु साहको चेतावनी : गौर घटनाको मुद्दा लिएर हेग जान्छु

    काठमाडौं।आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत (हेग) जाने चेतावनी दिनुभएको छ। आज पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले सरकारले दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने चेतावनी दिनुभएको हो।

    सरकारले आन्दोलनमा उत्रेका पीडितहरुसँग सहमति गरेपनि अहिले कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको आरोप लगाउनु भयो। कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको भन्दै उहाँले भन्नुभयो, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उहाँले स्मरण गर्नुभयो । सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उहाँको दाबी छ।

    गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भएपनि अहिलेसम्म छानबिन समेत नगरेको उहाँको टिप्पणी छ ।पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरु लिएर आँफु अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उहाँले दोहोराउनु भयो ।

     


    सोमवार, भाद्र ११ २०८००३:५४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij