Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणः थुनामा रहेका १८ आरोपीको बयान सुरु

ललिता निवास प्रकरणः थुनामा रहेका १८ आरोपीको बयान सुरु

  • सोमवार, भाद्र ११ २०८०

  • 629
    SHARES

  • ललिता निवास प्रकरणः थुनामा रहेका १८ आरोपीको बयान सुरु

    काठमाडौं। ललिता निवासको जग्गा प्रकरणमा थुनामा रहेका १८ जना आरोपीको आजबाट बयान लिन लागिएको छ। थुनामा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनासँग अदालतमा आजदेखि बयान लिन लागिएको हो। १८ जना बाहेकका प्रतिवादीलाई भने फरार सूचीमा राखिएको छ।

    हिजो जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। यो प्रकरणमा मुछिएर मृत्यु भएका २१ जनालाई पनि सरकारी वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

    थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरे हिजो पुनः पक्राउ परेका छन्। सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह भने रिहा भएका छन्।

    बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्युरोको अनुसन्धान निष्कर्ष छ।

     


    सोमवार, भाद्र ११ २०८००२:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij