Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

डोल्पाका सेनाप्रमुख पण्डित सम्पर्कविहीन

डोल्पाका सेनाप्रमुख पण्डित सम्पर्कविहीन

  • सोमवार, भाद्र ११ २०८०

  • 1.1K
    SHARES

  • डोल्पाका सेनाप्रमुख पण्डित सम्पर्कविहीन

    काठमाडौं।नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित सम्पर्कविहीन हुनु भएको छ । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख रहनुभएका पण्डित हिजो साँझ देखी सम्पर्कविहीन हुनु भएको हो ।

    हिजो साँझ ७ बजेबाट पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं,अहिले नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ।’

     

     


    सोमवार, भाद्र ११ २०८००२:३३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij