काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति दिनुभएको छ ।
माओवादीले पाएको एउटा पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । सो समितिमा माधव सापकोटालाई पठाउने तयारी थियो। अहिले राप्रपाबाट मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ। गठबन्धनको आग्रहमा सापकोटा ब्याक भएर राप्रपाका सिंहको समर्थक बस्ने भएका छन्।
गठबन्धनले कोशीमा कांग्रेसका मुख्यमन्त्रीको पद जोगाउनको लागि सापकोटालाई फिर्ता बोलाएको बताइन्छ। तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले समितिको सभापतिसँग कुनै लेनदेन नगरिएको दाबी गर्नुभयो ।