काठमाडौं।नेपाली कांग्रेसले आज हुने संसदीय समितिका सभापतिका मनोनयन प्रक्रियाका लागी उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति जुटाएको छ।
कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो। तर सो समूहबाट जीवन परियारमात्रै पर्नुभएको छ भने, दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाईएको छ।
लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको थियो ।