Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सामाजिक सद्भाव खल्बल्याउनेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौं : रवि लामिछाने

सामाजिक सद्भाव खल्बल्याउनेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौं : रवि लामिछाने

  • शनिवार, भाद्र ९ २०८०

  • 672
    SHARES

  • सामाजिक सद्भाव खल्बल्याउनेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौं : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताउनुभएको छ।

    पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनु भएका सभापति लामिछानेले आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनुभयो ।

    उहाँले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आ आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न पनि आग्रह गर्नुभयो। सभापति लामिछानेले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गर्नुभयो।

    उहाँले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने नगर्न आग्रह गर्नुभयो।सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम गर्न नहुने बताउनुभयो ।

     


    शनिवार, भाद्र ९ २०८००४:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij