Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘खबरदार ! एमसीसी परियोजना लागू हुन दिन्नौं, फिर्ता गराउँछौं’

‘खबरदार ! एमसीसी परियोजना लागू हुन दिन्नौं, फिर्ता गराउँछौं’

  • शनिवार, भाद्र ९ २०८०

  • 634
    SHARES

  • ‘खबरदार !  एमसीसी परियोजना लागू हुन दिन्नौं, फिर्ता गराउँछौं’

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ। मोहन वैद्य नेतृत्वको यो पार्टीका नेता सिपी गजुरेलले आज राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि लागू हुन नदिने चेतावनी दिनुभएको हो ।

    उहाँले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गर्नुभयो ।उहाँले परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गर्नुभयो ।

    उहाँले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनुभयो । नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गर्नुभयो ।

     


    शनिवार, भाद्र ९ २०८००३:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij