Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याए : शेखर कोइराला

प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याए : शेखर कोइराला

  • शनिवार, भाद्र ९ २०८०

  • 874
    SHARES

  • प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याए : शेखर कोइराला

    काठमाडौं।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । आज नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्रीले द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाउनु भएको हो ।

    प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेता डा.कोइरालाले भन्नुभयो–‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

    पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने भन्दै नेता कोइरालाले भन्नुभयो–‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन। संविधानमा लेखिएका कुरा बाहिरको कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

    उहाँले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अफ्टयारो परिस्थितीमा गएकोमा चिन्तित भएको बताउनु भयो । त्यसैगरी, उहाँले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएकोसमेत टिप्पणी गर्नुभयो ।


    शनिवार, भाद्र ९ २०८००३:२६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij