Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता राजाराम कार्कीको निधन

कांग्रेस नेता राजाराम कार्कीको निधन

  • बिहिवार, भाद्र ७ २०८०

  • 444
    SHARES

  • कांग्रेस नेता राजाराम कार्कीको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.राजाराम कार्कीको निधन भएको छ। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको ६६ वर्षको उमेरमा हिजो साँझ ५ बजे निधन भएको हो।

    लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको पारिवारिकश्रोतले बताएको छ ।

    स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

    स्वर्गीय कार्कीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


    बिहिवार, भाद्र ७ २०८००७:०४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij