काठमाडौं। कोशी प्रदेशसभाको बैठक प्रतिपक्षी एमाले र राप्रपाले बहिष्कार गरेका छन्। प्रतिपक्षीको बहिस्कारका कारण स्थगित भएको छ। बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए।
एमाले सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाउनु भयो।
उहाँले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेका थिए।त्यसपछि प्रदेशसभाको बैठक नै स्थगित भएको हो ।
आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो।