Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसद् अवरोध गर्ने आफ्नो चाहना नभएको एमालेको प्रष्टीकरण

संसद् अवरोध गर्ने आफ्नो चाहना नभएको एमालेको प्रष्टीकरण

  • बुधवार, भाद्र ६ २०८०

  • 378
    SHARES

  • संसद् अवरोध गर्ने आफ्नो चाहना नभएको एमालेको प्रष्टीकरण

    काठमाडौं । नेकपा एमालेले संसद् अवरोध गर्ने आफ्नो चाहना नभएको प्रष्टीकरण दिएको छ ।

    उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपछि सिंहदबारमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार लचिलो भएर आएकाले आज सहमति भएको बताउनुभयो ।

    यो आयोगले तथ्य प्रमाणले भेटे प्रधानमन्त्री, मन्त्रीदेखि उच्च पदस्थका व्यक्तिहरुमाथि पनि छानबिन गर्ने उहाँले बताउनुभयो।

    नेता गिरीले भन्नुभयो, ‘हाम्रो चाहनाले संसद अवरोध भएको होइन सरकारको कारणले हो । हामीले जुन मागका साथ लडिरहेका थियौं त्यो पुरा भएको छ । भविष्यमा कुनै समस्या नआओस् यस्तो समस्या आयो भने प्रतिपक्षले उठाएको जायज मागहरु पुरा गरोस् ।’

    एमालेले आयोगको माग राख्दै साउन १० गतेबाट संसद अवरोध गर्दै आइरहेको थियो ।


    बुधवार, भाद्र ६ २०८००२:४९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij