Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पर्यटनमन्त्री सुदन किरातीलाई पितृ शोक

पर्यटनमन्त्री सुदन किरातीलाई पितृ शोक

  • बुधवार, भाद्र ६ २०८०

  • 443
    SHARES

  • पर्यटनमन्त्री सुदन किरातीलाई पितृ शोक

    काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

    मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो ।

    उहाँ लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँकी आमाको यसअघि नै निधन भइसकेको थियो ।

    उहाँले लेख्नुभएको छ‘ भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !
    तस्विर : आमा, वुवा, दिदि र म - ब्रुनाई
    वुवाले फोटोको पछाडी लेख्नु भएको छ मिति - २०३७/११/१०’

    h.PNG


    बुधवार, भाद्र ६ २०८००८:२०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij