काठमाडौं । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारेको छ ।
मंगलबार बिहान बसेको बैठकले ड्राफ्ट तयार पारेको एमालेका उपाध्यक्ष सुवास नेम्वाङले बताउनुभयो ।
उच्चस्तरीय छानबिन समिति गठनका लागि कार्यादेश र संरचनाका विषयमा निर्णय लिन अहिले बैठक बस्दैछ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।
सोमबार बसेको बैठकले छानबिन समिति गठन गर्ने सहमति गरेको थियो ।