Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी नेकपा एस हो’ : जगन्नाथ खतिवडा

‘भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी नेकपा एस हो’ : जगन्नाथ खतिवडा

  • सोमवार, भाद्र ४ २०८०

  • 523
    SHARES

  • ‘भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी नेकपा एस हो’ : जगन्नाथ खतिवडा

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी भएको दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले यस्तो बताउनु भ्एको हो ।

    समग्र भ्रष्टाचारहरुको आवश्यक छानबिन हुनुपर्ने पनि उहाँले बताउनु भयो। उहाँले भन्नुभयो,‘संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरण उठाउने पार्टी हामी नै हो। सडकमा पनि भ्रष्टाचारविरोधी अभियान गर्यौं।’

    खतिवडाले थप्नु भयो, ‘सरकारले राम्रो काम गर्न सकेन भन्ने त छँदै छ। तर आलोचना मात्र गरेर पनि हुँदैन। समग्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले उल्लेखनीय काम गर्न सकेको छैन । कतिपय योजना कार्यान्वयन हुन सकेका छैनन् ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीलाई माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न किन आदेश दिनुभयो त भन्ने प्रश्नमा खतिवडाले भन्नुभयो, ‘प्रचण्डले के आदेश दिनुभयो ? मलाई थाहा छैन । यदि त्यस्तो आदेश दिनुभएको भए उहाँले नै जान्ने कुरा हो । माधव नेपालले आफू जोगिनुपर्ने वा जोगाउनुपर्ने कुनै कारण छैन ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनभन्दा पनि अझ राम्रो गर भन्न खोजेको हुन सक्ने खतिवडाले बताउनु भयो। साथै उहाँले धेरै दल मिलेर बनेको सरकारलाई जहिले पनि खतरा हुने औंल्याउँदै आफ्नो पार्टी सरकारबाट बाहिरिनुपर्ने परिस्थिति नरहेको पनि औंल्याउनु भयो ।


    सोमवार, भाद्र ४ २०८००९:३७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij