Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

  • सोमवार, भाद्र ४ २०८०

  • 311
    SHARES

  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

    काठमाडौं।संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ गर्ने भएको छ। उजुरीको समयसीमा समाप्त भएपछि हिजो बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।

    सुनुवाइअघि आज नै एकजना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ। श्रेष्ठविरुद्ध इमेलबाट दुई र सचिवालयमा एउटा उजुरी परेको थियो। इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएका कारण विषय वस्तुका आधारमा एक जनासँग मात्रै समितिले छलफल गर्न लागेको हो।

    समितिले साउन २३ गते सुनुवाइ प्रव्रिmया आह्वान गर्दैै प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरीको प्रक्रिया सकिएपछि समितिले सुनुवाइको मिति तोकेको हो।

    आज नै समितिले निर्णय प्रक्रियासमेत सम्पन्न गर्ने छ। सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ।

     


    सोमवार, भाद्र ४ २०८००६:४८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij