Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारको बोली एक काम अनेक, सेलायो भ्रष्टाचारविरुद्धको अभियान सेलायो, पूर्वप्रधानमन्त्रीद्वयको छानबिन हुँदा सत्तासमिकरणमै हलचल आउने डर(खासखबर)

सरकारको बोली एक काम अनेक, सेलायो भ्रष्टाचारविरुद्धको अभियान सेलायो, पूर्वप्रधानमन्त्रीद्वयको छानबिन हुँदा सत्तासमिकरणमै हलचल आउने डर(खासखबर)

  • आइतवार, भाद्र ३ २०८०

  • 482
    SHARES

  • सरकारको बोली एक काम अनेक, सेलायो भ्रष्टाचारविरुद्धको अभियान सेलायो, पूर्वप्रधानमन्त्रीद्वयको छानबिन हुँदा सत्तासमिकरणमै हलचल आउने डर(खासखबर)

    काठमाडौं। पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा नल्याउन सरकारले दिएको दबाबले भित्रि रुप उदांगो भएको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नेपाल र भट्टराई उन्मुक्ति दिँदै जग्गा किन्ने, टिप्पणी उठाउने र मोही बस्नेहरुमाथि सरकारले चलाएको डण्डा उसैका लागि अभिसाप बन्ने खतरा बढेको छ।

    भ्रष्टाचार अन्त्य गर्छु भन्दै डम्फू पिटिरहेको सरकारले आफ्नो असली रुप प्रदर्शन गरेको छ । सत्ता जोगाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले अबलम्बन गरेको बाटोको पूर्ण रहस्य ललिता निवास जग्गा हिनामिना प्रकरणमा आएर रोकिएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न सरकारले दबाब बढाएको छ ।

    पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय भएर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने प्रपञ्च भएपनि उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णयकर्तालाई उन्मुक्ति दिनु गलत भएको बताउनुभयो। जो सुकै व्यक्ति हुन् भ्रष्टाचारमा नाम जोडिएपछि कारबाहीको दायरामा आउनुपर्ने उहाँको भनाइ छ ।

    सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएको अवस्थामा सरकारकैकारण दुई पूर्वप्रधानमन्त्री तत्काललाई अनुसन्धानको दायरामा नआउने भएका हुन्। पूर्वप्रधानमन्त्रीद्वयलाई बयानका लागि बोलाइने भनिएपनि प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा सिआइबी दुई पूर्वप्रधानमन्त्रीको बयान लिनबाट पछि हटेको हो ।

    नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिपक्षीको भूमिका सरकारलाई प्रश्न गर्ने र सही कामका सघाउने भएकोले उसका क्रियाकलाप गलत भइरहेको दाबी गर्नुभयो । अनुसन्धानको तीरै गायब पारिएकोप्रति उहाँले रोष प्रकट गर्नुभयो ।

    नेपाल र भट्टराईले सिआइबीले बयानमा बोलाए अनुसन्धानमा सघाउन तयार रहेको सार्वजनिकरूपमा अभिव्यक्ति समेत दिएका थिए। भट्टराईले सार्वजनिकरूपमा आफू अनुसन्धानमा सघाउन तयार रहेको अभिव्यक्ति दिएका थिए ।

    ललिता निवास प्रकरणकै कारण पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए। राजनीतिक विश्लेषक गोविन्दमानसिंह कार्कीका अनुसार नेपाल र भट्टराईलाई चलाएपछि आफूपनि फस्ने डरले अनुसन्धानलाई फितलो पारिएको छ ।

    भ्रष्टाचारको जग बसाउने व्यक्तिहरुलाई उन्मुक्ति दिएर टिप्पणी उठाउने र जग्गा किन्ने व्यक्तिहरु मात्रै सरकारको निशानामा पर्नुले पनि यो स्टण्टबाजी हो भन्नेमा दुईमत छैन ।

    यदि अहिले नेपाल र भट्टराईलाई अनुसन्धानको दायरामा ल्याइए त्यो नजिर बस्छ की भन्ने चिन्तामा स्वयं प्रधानमन्त्री पो छन् की ? भ्रष्टाचारीलाई समात्छुँ, सुशासन ल्याउँछु भन्ने सरकारको वाणी अब भने सिथिल हुँदै जाने पक्का छ ।


    आइतवार, भाद्र ३ २०८००८:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij