Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सदन अवरोध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषी हुन्ः शेखर कोइराला

सदन अवरोध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषी हुन्ः शेखर कोइराला

  • आइतवार, भाद्र ३ २०८०

  • 401
    SHARES

  • सदन अवरोध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषी हुन्ः शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद बैठक अवरुद्ध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताउनु भएको छ ।

    आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नो कोईरालाले संसद तत्काल सुचारु गराउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गर्नुभयो । देश र जनताको कुरा गर्ने थलो भएकाले संसद बैठक छिटोभन्दा छिटो सुचारु गराउनुपर्नेमा उहाँको जोड थियो ।

    उहाँले भन्नुभयो, ‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ। यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन। यो नेशनको कुरा हो, देशको राष्ट्रको कुरा हो। म पनि एउटा सांसद हो नेपाली कांग्रेसको, सरकारले कोअर्डिनेट गर्ने कुरा हो। संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने। अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर। तर, हामी दुईटै दोषी हौं। यो सरकारले गर्ने काम हो। यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन । ’

    सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने बताउनु भयो ।

     


    आइतवार, भाद्र ३ २०८००४:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij