Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

संसद बैठक भदौ ५ गतेसम्मलाई स्थगित

संसद बैठक भदौ ५ गतेसम्मलाई स्थगित

  • आइतवार, भाद्र ३ २०८०

  • 374
    SHARES

  • संसद बैठक भदौ ५ गतेसम्मलाई स्थगित

    काठमाडौं। आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आगामी भदौ ५ गते सम्मका लागी स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ।

    आज स्थगित भएको बैठक अब भदौ ५ गते दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलिय बैठक राख्नुभएको थियो।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आजको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि भोली अपरान्ह ४ बजे फेरि बैठक बस्ने गरी सकिएको छ ।सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

     


    आइतवार, भाद्र ३ २०८००४:०४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij