काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा बोलाएको राष्ट्रिय दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको हो ।
बैठकपछि राष्ट्रिय स्वत्रन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको तर आजको बैठक विना निष्कर्ष टुङ्गिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘अब बैठक भोली फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ’, उहाँले भन्नुभयो ।
एमालेले समितिको अडान राखिरहेको पनि गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले जानकारी दिनुभयो । अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँग छलफल गर्नु भएको थियो ।