Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ गर्ने निर्णय

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ गर्ने निर्णय

  • आइतवार, भाद्र ३ २०८०

  • 246
    SHARES

  • सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ गर्ने निर्णय

    काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ ।

    आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

    त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीमगरले जानकारी दिनुभयो । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

    गत साउन १८ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको थियो । न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा श्रेष्ठको नाम पहिलो नम्बरमा रहेको थियो । संसदीय समितिबाट अनुमोदन भएमा उहाँले १४ महिना सर्वोच्चको नेतृत्व ग्नर््ुह्ुन्ेछ ।

     


    आइतवार, भाद्र ३ २०८००१:२२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij