Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आजदेखि संसद् खोल्नेबारे कुनै औपचारिक जानकारी छैन : महेश बर्तौला

आजदेखि संसद् खोल्नेबारे कुनै औपचारिक जानकारी छैन : महेश बर्तौला

  • आइतवार, भाद्र ३ २०८०

  • 371
    SHARES

  • आजदेखि संसद् खोल्नेबारे कुनै औपचारिक जानकारी छैन : महेश बर्तौला

    काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको अडानकै कारण संसद् अवरोध भएको दाबी गर्नुभएको छ ।

    आजदेखि संसद् खोल्ने भन्ने सम्बन्धमा कुनै औपचारिक जानकारी नभएको भए पनि सरकारले पहल कदमी लिएर आजको बैठकमा वातावरण बनाओस् भन्ने आफूहरुको चाहना भएको नेता बतौलाको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले संसद्को गतिरोध खोल्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच औपचारिक कुराकानी नभएको पनि स्पष्ट पार्नुभयो ।

    हिजो प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्ष ओलीसँग कुरा गर्दै हुनुहुन्छ भन्ने सूचना त पाएको तर अनौपचारिक छलफल भएको भए फरक कुरा रहेको बताउँदै उहाँले औपचारिक छलफल भने नभएको बताउनुभयो ।
    सरकार अटेरी भएर बस्नुपर्ने कारण नभएको र आफूहरु एक सेकेन्ड पनि संसद गतिरोध गर्ने पक्षमा नरहेको पनि उहाँको भनाइ छ ।

    यस्तै नेता बर्तौलाले सरकार संसद्प्रती उत्तरदायी हुन नसकेको आरोप पनि लगाउनुभएको छ । सुन तस्करी प्रकरणबारे प्रतिपक्षका सांसदले मात्र नभई सत्तापक्षका सांसदले समेत प्रश्न गरिरहेका उहाँको भनाइ छ ।


    आइतवार, भाद्र ३ २०८००८:४०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij