Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गगनको गर्जन : ‘भ्रष्ट्राचारी प्रधानमन्त्री होस कि पूर्वप्रधानमन्त्री कार्वाही हुर्नै पर्छ’

गगनको गर्जन : ‘भ्रष्ट्राचारी प्रधानमन्त्री होस कि पूर्वप्रधानमन्त्री कार्वाही हुर्नै पर्छ’

  • शनिवार, भाद्र २ २०८०

  • 434
    SHARES

  • गगनको गर्जन : ‘भ्रष्ट्राचारी प्रधानमन्त्री होस कि पूर्वप्रधानमन्त्री कार्वाही हुर्नै पर्छ’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री या पूर्वप्रधानमन्त्री जोसुकै भएपनि कार्वाहीको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ ।

    काँग्रेसको इलाम नगरपालिकाको नगर सम्मेलनलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले आज पछिल्लो समय नेपालमा चलिरहेको ललिता निवास, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड अथवा विगतमा भएका कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा मुछिएका सबै व्यक्तिको निस्पक्ष छानविन र दोषीलाई कार्वाही हुनुपर्ने बताउनु भयो ।

    महामन्त्री थापाले ललिता निवास प्रकरणमा तानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानविन नहोस भनेर सत्ता गठबन्धनमा चलिरहेको छलफलप्रति आपत्ती जनाउनु भएको हो ।

    उहाँले भन्नुभयो, ‘‘पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईका विषयमा सत्ता गठबन्धनमा छलफल भयो भन्ने समाचार आयो, त्यसो गर्न पाइन्छ ?’ थापाले प्रश्न गर्दै भन्नुभयो, दोषीमाथि छानविन हुन दिनुपर्छ, दोषीलाई जोगाउन नेपाली कांग्रेस अग्रसर हुँदैन ।’’

    थापाले आफ्नो पार्टीभित्र आठलाख ६६ हजार क्रियाशील सदस्य रहेकोमा ती मध्ये एक जनाले पनि राज्यको सम्पत्ती दुरुपयोग गर्छ, गर्न खोज्छ भने त्यसको भारी नेपाली कांग्रेसले नबोक्ने र त्यस्तो व्यक्ति नेपाली कांग्रेस हुन नसक्ने स्पष्ट पार्नुभयो ।


    शनिवार, भाद्र २ २०८००५:२०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij