Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशको अवस्था हेर्दा रुन मन लाग्छ : शेखर कोइराला

देशको अवस्था हेर्दा रुन मन लाग्छ : शेखर कोइराला

  • शनिवार, भाद्र २ २०८०

  • 530
    SHARES

  • देशको अवस्था हेर्दा रुन मन लाग्छ  : शेखर कोइराला

    काठमाडौ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको अवस्था देख्दा रुन मन लाग्ने बताउनु भएको छ।काठमाडौंको नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा भएको छलफलमा उहाँले आज यस्तो बताउनु भएको हो ।

    छलफलका क्रममा उहाँले भन्नुभयो, ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन, देशको अबस्था हेर्दा रुन मन लाग्छ, आँशु आउछ ।’

    कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको गुनासो गर्नुभयो। उहाँले थप्नुभयो,‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ? दिक्क भैसक्यो।’

    उहाँले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताउनु भयो । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताउनु भयो ।

    कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गर्नुभयो । कार्यक्रममा सहभागीहरुले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

     


    शनिवार, भाद्र २ २०८००४:३५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij