Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशमा विश्वासको मत दिने राप्रपाका सांसदलाई मन्त्री पदसँगै १० करोडको अफर

कोशी प्रदेशमा विश्वासको मत दिने राप्रपाका सांसदलाई मन्त्री पदसँगै १० करोडको अफर

  • शनिवार, भाद्र २ २०८०

  • 431
    SHARES

  • कोशी  प्रदेशमा विश्वासको मत दिने राप्रपाका सांसदलाई मन्त्री पदसँगै १० करोडको अफर

    काठमाडौं। कोशि प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदलाई मन्त्री पदसँगै १० करोडको अफर गरेको पाईएको छ।

    कोशी प्रदेशमा काग्रेसबाट मुख्यमन्त्री बन्नुभएका उद्धव थापाले भदौ चार गते विश्वासको मत लिँदै हुनुहुन्छ, सोही क्रममा विश्वासको मत दिने राप्रपा सांसदलाई यस्तो अफर आएको हो।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको आफै खुलासा गर्नु भएको छ। आज सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको सार्वजनिक गर्नु भएको हो।

    उहाँले लेख्नु भएको छ,‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त ।’

    कोशीमा राप्रपाका ६ जना सांसद रहेका छन्। मुख्यमन्त्री थापाले पर्सि भदौ चार गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

     


    शनिवार, भाद्र २ २०८००३:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij