Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणका दोषी सीआईबीले नै भेटाउँछ : गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणका दोषी सीआईबीले नै भेटाउँछ : गृहमन्त्री श्रेष्ठ

  • शनिवार, भाद्र २ २०८०

  • 451
    SHARES

  • सुन प्रकरणका दोषी सीआईबीले नै भेटाउँछ : गृहमन्त्री श्रेष्ठ

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डका दोषी सीआईबीले नै पत्ता लगाउने बताउनु भएको छ। प्रेस सेन्टर नेपाल कास्की आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो ।

    उहाँले यसअघिका विभिन्न काण्डमा पनि छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको उदाहरण दिदैं राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनुपर्ने बताउनु भयो ।

    एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दुखद् रहेको गृहमन्त्रीको टिप्पणी गर्नुभयो। छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकसित गरिएको निकाय जसले अनुसन्धान र अभियोजन दुईवटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लाग्ने उहाँले दाबी गर्नुभयो ।

    सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सक्ने गृहमन्त्रीले जिकिर गर्नुभयो छ ।


    शनिवार, भाद्र २ २०८००३:१५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij